१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वुमन्स एशिया कपको अभ्यास खेलमा नेपालको लगातार हार


0
Shares

काठमाडौं । वुमन्स एसिया कप २०२४ को तयारीका लागि श्रीलंकामा रहेको नेपाल आज खेलेको अभ्यास खेलमा पनि लगातार दोस्रो हार बेहोरेको छ ।

आज भएकोे खेलमा नेपाल एसएल डेभलपमेन्ट स्क्वाडसँग ४ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०६ रन जोडेको थियो । नेपालका लागि कविता कुँवरले २९ र कप्तान इन्दू बर्माले २८ रन जोडेका थिए ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य एसएलले १ बल बाँकी छदा ६ विकेट गुमाएर पुरा गरेको हो । यसअघि हिजो भएको पहिलो खेलमा पनि नेपाल ३३ रनले पराजित भएको थियो । श्रीलंकामा जुलाई १९ देखि सुरु हुने एसिया कपमा नेपाल समूह ’ए’ मा रहेको छ ।

ेपालको समूहमा भारत, पाकिस्तान र युएई छन ्। नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।