१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामसङ इनोभेसन क्याम्पस


494
Shares

काठमाडौं । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेका त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।

अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्ने जनाइएको छ ।

सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम र त्रिभुवन विश्वविद्यालयका डीन प्राडा. शशिधरराम जोशीलगायतको उपस्थितिमा विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । किमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचको सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

सामसङ इनोभेसन क्याम्पस अन्तर्गत नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफथिङ्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङजस्ता फ्युचर–टेकहरूबारे तालिम दिइने र यो महत्वपूर्ण उपलब्धि हुने बताइएको छ ।