
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग छल गरेको गुनासो गर्नुभएको छ ।
माओवादी संसदीय दलको बैठकलाई बुधबार सम्बोधन गर्दै दाहालले आफूसंग स्वर्ग गए पनि संगै जाने र नर्क गए पनि संगै जाने भनेका ओलीले २४ घण्टा नवित्दै कांग्रेससंग गठबन्धनको सम्झौता गरेको बताउनु भएको हो ।
पछिल्लो प्रकरणबाट ओलीबारेको ठूलो भ्रम चिरिएको भन्दै दाहालले तर यस्तो गरी धोका दिन्छन भन्ने नलागेको बताउनु भएको बैठकपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर पनि गर्नुभयो ।
माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप पनि जारी गरेको छ । साथै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरुलाई अपिल गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्