२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजार २२ सय माथि


0
Shares

काठमाडौं । शेयर बजार लामो समयपछि २२ सय माथि पुगेको छ ।

साताको अन्तिम कारोबार बिहीबार बजार परिसूचक २९ दशमलव २१ अंक बढेपछि नेप्से २२ सय ४ को विन्दुमा पुगेको हो ।

गत वर्ष साउन ८ गते नेप्से २२ सयको विन्दुमा पुगेर फर्केको नेप्से त्यस यता पहिलो पटक २२ सय माथि बन्द भएको हो । २२ सयको विन्दुलाई मनोबैज्ञानिक तगारोको रुपमा लिईदै आएको थियो । बजार बढेसँगै आज कारोबार रकम पनि बढेर सात अर्ब माथि पुगको छ । जुन ६ महिना यताको उच्च कारोबार हो ।

नेप्सेमा रहेका १३ उपसमूह मध्ये आज लघुवित्त र ब्यापार उपसमूह बाहेक ११ वटा उपसमूह परिसूचक बढेको छ । जीवन बीमा उपसमूह सर्वाधिक ३ दशमलव ०६ प्रतिशतले बढ्दा बैंकिङ्ग उपसमूह साढे २ प्रतिशत बढेको छ भने जलविद्युत, म्युचुुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् । बिहीबार ३३१ वटा स्टकको दुई करोड २३ लाख सात हजार सात सय कित्ता शेयर सात अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

बिहीबार बलेफी हाइड्रोपावरको शेयर मूल्इमा सकारात्मक सर्किट लागेको छ । तर समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक ४ दशमलव ५९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।