१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोरङमा कुखुरा फार्मभित्र एक जनाको शव फेला


676
Shares

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित कुखुरा फार्ममा एक जनाको शव फेला परेको छ ।

४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो ।

उनले आफ्नो घर नजिकै त्यहाँ कुखुरा फर्म सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार उनको टाउको क्षतविक्षत अवस्थामा फेला परेको छ भने शरिरका अन्य भागमा समेत चोटपटक देखिएको छ ।

सो फर्ममा काम गर्न बजगाईंले श्रीमान–श्रीमती राखेका थिए। घटनापछि उनीहरु फरार रहेका कारण उनीहरुले नै उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनास्थलमा बन्चरो र दाउरा भेटिएको छ। जसमा रगत समेत लतपतिएका कारण सोही बन्चरो र दाउरो प्रहार गरेर उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले मोरङ प्रहरीले फरारको खोजिकार्य जारी राख्दै अनुसन्धानलाई अघि बढाएको छ ।