२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु


416
Shares

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा घर पुरिएर दम्पत्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट स्थानीय गोपाल आचार्यले दिएको जानकारी अनुसार घर माथिबाट आएको पहिरोले घर पुरिँदा स्थानीय तुलप्रसाद न्यौपाने र श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको हो ।

आवार खोलामा मृतक न्यौपाने दम्पत्तीको एक्लो घर थियो । घटनास्थलमा ताकम प्रहरीचौकीका प्रहरी, स्थानीयबासी, जनप्रतिनिधि सहितको टोली पुगेको छ ।

गए रातिदेखि म्याग्दीमा भारी वर्षा भइरहेको छ । म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।