८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ : अध्यक्ष राई


312
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गर्नुभएको विश्वासको मतको बारेमा बोल्दै अध्यक्ष राईले यस्तो बताउनुभएको हो ।

अध्यक्ष राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने र अविश्वास विश्वासमा परिणत भइरहेको बताउनुभयो । उहाँले विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको बताउनुभयो । उहाँले यसबाट कोही पनि निराश हुनु नपर्ने बताउनुभयो । उहाँले पख्लास् र चाख्लास्को विषयवस्तु बनाउन नहुने बताउनु भयो ।

अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठूला दलहरु मिलेर जाने कुरालाई समर्थन गरेको बताउनुभयो ।