७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मेरो बारेमा पनि अनुसन्धान गर्नुहोस् : गृहमन्त्री लामिछाने


442
Shares

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताउनुभयो । उहाँले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको जिकिर गर्नुभयो । उहाँले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताउनुभयो । गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने बताउनुभयो । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भएपनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताउनुभयो । सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गर्नुभयो ।

गृहमन्त्री लामिछानेले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताउनुभयो । दुई ठूला राजनीतिक दलहरु एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको बताउनुभयो ।