
काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताउनुभएको छ ।
आइतबार अपरान्ह मन्त्रालयका आयोजित विदाई समारोहमा बोल्दै उहाँले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू सो मन्त्रालयको अन्तरंग निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो ।
निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले नयाँ बन्ने परराष्ट्र मन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताउनुभयो । भोलेन्टियरको रुपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसँग निवेदन हाल्न चाहेको उहाँको भनाई थियो । उहाँले परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरुसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताउनुभयो ।
निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्