२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने एमालेका मन्त्रीहरू


6.617k
Shares

काठमाडौं । नेकपा एमालेले ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि आइतबार राती ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे टुंगो लगाएको हो ।

मन्त्री बन्नेहरूमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने निश्चित भएको छ ।

यस्तै कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीको नाम पनि मन्त्री बन्ने सूचीमा छ ।