
सिन्धुली । लगातारको वर्षा रोकिए पनि सिन्धुलीको मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउपालिका २ को कुखुरेटारमा सुख्खा पहिरो खसेपछि यो राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि मध्यपहाडी लोकमार्ग हुँदै खोटाङ, ओखलढुंगा, उदयपर संखुवासभालगायतका जिल्लाका विभिन्न स्थानमा जाने सवारीका साधन र यात्रुहरु अलपत्र परेका छन् ।
सुख्खा पहिरो हटाएर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन स्थानीय प्रशासनले काम शुरु गरेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्