३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


नवनियुक्त मन्त्रीहरुबाट शपथग्रहण


1.716k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरुले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त २१ मन्त्रीहरुले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा। आरजु राणा, खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।

यसैगरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो ।

यस्तै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो । प्रधानमन्त्री ओलीले आफुले शपथ लिए लगत्तै आज नै २१ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको हो ।