२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशमा रोजगारी कोटाको विरोधमा प्रदर्शन


273
Shares

एजेन्सी । बंगलादेशमा रोजगारी कोटाको विरोधमा भएको प्रदर्शनमा १ सय बढी घाइते भएका छन् । बंगलादेशको सत्तारुढ दल समार्थित र सरकारी जागिरको खोजीमा रहेका विद्यार्थीहरुबीच हिंसात्मक झडप हुँदा उनीहरु घाइते भएका हुन् ।

पाकिस्तानबाट सन् १९७१ मा बंगलालेश स्वतन्त्र भएपछि त्यतिबेलका लडाकुका परिवार लगायत विशिष्ट समूहका लागि सुरक्षित गरिएको सरकारी जागिरमा कोटा प्रणाली लागु गरेपछि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।

सत्तारुढ दलहरुले भने कोटा प्रणाली लागु नगरेको खण्डमा विद्यार्थीहरुलाई फाइदा पुगेपनि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको सरकार कमजोर हुने जनाएका छन् ।

बंगलादेशको सर्वोच्च अदालतले गत हप्ता अस्थायी रूपमा कोटाहरू खारेज गर्न आदेश दिएपनि लागु नभएपछी विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरूले खारेज नभएसम्म विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । झडपका क्रममा दुबै समुहबीच ढुंगामुढा हुनुका साथै फलामको रड समेत प्रयोग गरिएको थियो ।