
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका १ स्थित सिसुवाको दिलुवा दोभानमा माथीबाट झरेको ढुङाले लागेर एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा एक जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा मृत्यु हुनेमा ४९ वर्षिय मोतिमाया राई र उनकी बुहारी २५ वर्षिया समिक्षा राई रहेका छन ।
३२ वर्षिया छोरी रविना राई भने ढुंगा लागेर गम्भीर घाईते भएको सिलिचोङ गाँउपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयो । रविनालाई थप उपचारका लागि आज दिउँसो सेनाको हेलिकप्टरबाट काठमाडांै ल्याईएको छ । उनको दाहिने खुटा ढुंगाले लागेर चुँडिएको स्थानियवासीले बताएका छन ।
आप्mनै घरमा सुतिरहेका ६ जनाको परिवारमाथि पहिरोसहित खसेको ढुंगा लागेको पालिका अध्यक्ष मेवाहाङले जानकारी दिनुभएको छ । ४ वर्षिय बालकसहित परिवारका तीन जना भने सकुसल रहेका छन् । ढुङाले घरमा समेत क्षति पु¥याएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्