२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा ७० अंकको वृद्धि


871
Shares

काठमाडौं । शेयर बजार परिसूचक ७० अंक भन्दा धेरैले बढेपछि नेप्से आज २३ सय माथि पुगेको छ ।

नेप्से २६ महिना यताकै माथिल्लो विन्दुमा पुग्दा मंगलबार कारोबार रकम पनि नौ अर्ब माथि पुगेको छ । विहान केही समय घटेको बजार मध्यान्हपछि निरन्तर उकालो लाग्दै ७० दशमलव १८ अंक बढेर बन्द भएको हो । योसंगै नेप्से २३ सय १० दशमलव ५९ को विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ उपसमूह मध्ये आज म्युचुअल फण्ड बाहेक १२ उपसमूहको परिसूचक बढेको छ ।

जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ४५ प्रतिशतले बढ्दा विकास बैंक उपसमूह ४ दशमलव ९४ प्रतिशत, होटल तथा पर्यटन तगा लगानी उपसमूह परिसूचक ३ प्रतिशतले बढेका छन् । बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेका छन् । आज ३१५ वटा स्टकको २ करोड ५८ लाख ३६ हजार कित्ता शेयर ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँमा खरिद किक्री भएको छ ।

मंगलबार बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, सिन्धु विकास बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिंगटी हाइड्रो, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

मंगलबार डिबेन्चर र म्युचुअल फण्डहरुको मूल्य मात्रै घटेको छ । कारोबार रकमका आधारमा आज ङादी ग्रूप पावरको सर्वाधिक २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।