२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विश्वभर खोपका कारण २७ लाख बालबालिका प्रभावित


390
Shares

एजेन्सी । बालबालिकाहरुका लागि रक्षा कवज मानिएकाृ १४ प्रकारका खोप अभियान रोकिएपछि विश्वभरका लाखौं बालबालिका प्रभावित हुने एक अध्यनले देखाएको छ ।

विश्व स्वास्थ्य संगठन डव्लुएचओका अनुसार, कोविडमहामारीका कारया सन् २०१९ को तुलनामा २०२३ मा विश्वभरका २७ लाख अतिरिक्त बालबालिका यो खोपबाट बन्चित हुन पुगेका छन् ।

भ्याक्सीन पूरा गर्न नसकेका कारण विभिन्न रोगको जोखिममा परेको अध्यनले जनाइएको छ । डव्लुएचओ र संयुक्त राष्ट्र बाल कोष युनिसेफले खोप अभियान तत्काल शुरुगरि बालबालिकालाई विभिन्न रोगबाट बचाउनु अपील गरेको छ ।

यूनीसेफका कार्यकारी निर्देशक कैथरीन रसैलले धेरै देशमा विविध कारणले अझैपनि धेरै बालबालिका खोप लगाउन छुटेको हुदा स्थानिय सरकारका साथै सरोकारवालाले अभियानमा पहल गर्नुपर्ने बताउनुभयो । साथै रशैलले खोप अभियानले जोखिममा रहेका बालबालिकालाई खतरनाक रोगहरुको जोखिमबाट बचाउन सकिने उल्ल्ोख गर्नुभएको छ ।