१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गाजाको दक्षिणी क्षेत्रमा इजरायलको हवाई आक्रमण


312
Shares

एजेन्सी । गाजाको दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनी मारिएका छन् । आक्रमणमा दर्जनौं घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाको अल–मवासीको शहरमा ठुलो क्षति पुगेको छ । मवासीमा भएको आक्रमणमा अल–अत्तार परिसरमा रहेको जोर्डन फिल्ड अस्पताल नजिकै चार जना सवार कारमाथि पनि आक्रमण भएको थियो ।

इजरायली सेनाले हमासका सदस्यहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेपनि मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजामा विगत ९ महिनाको अवधिमा इजरायली हवाई हमला र स्थलगत कारवाहीमा हमासको सैन्य शाखाका एकजना नेतृत्वकर्ता लगायत १४ हजार आतंकवादी मारिएको दाबी इजरायलको छ । त्यसयता गाजामा ३८ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

गाजाको केन्द्रीय विद्यालयमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु भएको बताइएको छ । आक्रमणका कारण ती क्षेत्रहरुका भवनहरु क्षतिग्रस्त भएका छन् ।