
काठमाडौं । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेपछि काठमाडौं नगरपालिकाले आज बिहानैदेखि फुटपाथ विस्तार गर्ने योजनाअन्तर्गत पुनः काम थालेको छ ।
यसैक्रममा महानगरपालिको उक्त क्षेत्रमा राखिएको बारको छेउको सडक भत्काएर फुटपाथ बिस्तारको काम अघि बढाएको हो ।
यसअघि महानगरपालिकाले फुटपाथ बिस्तारका लागि शुक्रपथमा सडक काट्न थालेपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले हस्तक्षेप गरी काटेको सडक तत्काल पिच गरेपछि महानगरको उक्त कार्ययोजना अलपत्र परेको थियो । उच्च अदालत पाटनको आदेशपछि सडक डिभिजन कार्यालय पछि हटेको छ ।
सधै भिडभाड हुने यस क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न असहज भएपछि महानगरले फुटपाथ बिस्तारको योजना ल्याएको हो । यसअघि काठमाडौं महानगरले न्युरोडको विशाल बजार क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने नियम लागु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्