२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अफगानिस्तानमा बाढीबाट ४० जनाको मृत्यु


260
Shares

एजेन्सी । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । बाढीका कारण ३ सय बढी घाइते भएका छन् ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रायलको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्त बढी प्रभावित भएको जनाएको छ ।

बाढी प्रभावित हजारौं नागरिक विस्थापित भएका छन् । विस्थापित परिवारले उचित राहतको व्यवस्था नगरेको भन्दै अफगान सरकारको विरोध गरेका छन् ।

यसैगरी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग डुबानमा पर्दा त्यहाँका बासिन्दाको बिचल्ली भएको छ । बाढी प्रभावित क्षेत्रहरुमा सयौं उद्धारकर्र्मीहरु परिचालन गरिएको छ ।