२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इंग्ल्याण्डका फुटबल प्रशिक्षक ग्यारेथ साउथगेटले पद छाडे


624
Shares

काठमाडौं । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले पद छोडेका छन् । साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इंग्लीश फुटबल संघले जनाएको छ ।

जर्मनीमा सम्पन्न युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा इंगल्याण्ड स्पेनसँग २–१ ले पराजित भएको थियो । यो साउथगेटको प्रशिक्षणमा इंगल्याण्डको लगातार दोस्रो युरो कप फाइनल हार थियो ।

यसअघि सन् २०२१ को फाइनलमा इंग्ल्याण्डलाई इटालीले टाइब्रेकरमा हराएको थियो । सन् २०१६ मा इंग्लीश टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका साउथगेटले ८ वर्ष टोलीको प्रशिक्षण सम्हाले ।

उनको नेतृत्वमा इंग्ल्याण्डले १ सय २ खेल खेल्दा ६१ खेलमा जित हासिल ग¥या्े । साउथगेटको सम्झौता यस वर्षको डिसेम्बरमा समाप्त हुने थियो । साउथगेटले पद छाडेसँगै इंग्लीश टोलीको नयाँ प्रशिक्षकको खोजी सुरु भएको छ ।