
फाइल तस्बिर
काठमाडौं । पहिरोले जाजरकोटका भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा ४ जना घाइते भएका छन् ।
जाजरकोटका कुशे गाउँपालिका– ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइते हुनेहरूमा स्थानीय ३५ वर्षीय दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तीका थापा, २९ वर्षीया कमला थापा र १७ वर्षीया निरमाया थापा रहेका छन् ।
राति घटना भएपछि जानकारी पाउनासाथ प्रहरी चौकी पैंकबाट गएको प्रहरीले घाइतेहरूको उद्धार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्