८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुनको मूल्यमा नयाँ रेकर्ड


1.508k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा झण्डै १ लाख ५० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

यसैगरि आज तेजाबी सुन तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ ।