२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिमलताल बस दुर्घटनाबारे कार्यदलले थाल्यो काम


0
Shares

काठमाडौं । सिमलतालमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले काम शुरु गरेको छ । गृहमन्त्री रमेश लेखकले उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले काम थालेको हो ।

दस दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको छ । रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक सहितका प्रतिनिधिहरु घटनास्थल पुगेका हुन् ।

कार्यदलले घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासन लगायतसँग छलफल गरी प्रतिवेदन तयार पार्ने जनाएको छ । बसमा रहेका ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने बाँकी बेपत्ता भएका छन् । अहिलेसम्म १७ जनाको शव भेटिएको छ ।