१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत


858
Shares

काठमाडौं । प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत हुनुभएको छ ।

नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई साउन २ गते बुधबारदेखि लागु हुनेगरी मनोनयन गर्नुभएको हो ।

बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम मनोनयन गरिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।