
फाइल तस्बिर
काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश वडाल महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वडाललाई बुधबार महान्यायाधीवक्ता नियुक्त गर्नुभएको हो ।
यसअघिका महान्यायाधिवक्ता दिनमणि पोखरेलले सरकार परिवर्तनसंगै गत आइतबार राजीनामा दिएपछि उक्त पद खाली थियो । ओलीको अघिल्लो कार्यकालमा पनि वडाल नै महान्यायाधीवक्ता हुनुहुन्थ्यो ।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकारको रुपमा लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्