२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थाइल्याण्डको होटलमा मृतक भेटिएकाको शरिरमा साइनाइड भेटियो


2.899k
Shares

एजेन्सी । थाइल्याण्डको बैंककमा रहेको पाँच तारे होटलमा मृत्यु भएका ६ जनाको रगतमा ‘साइनाइड’ नामक विष फेला परेको छ ।

चिकित्सकहरुले उनीहरुको शव परीक्षण गर्दा प्राणघातक साइनाइड विष फेला परेको हो । प्रारम्भिक पोस्टमार्टम परीक्षणको आधारमा उनीहरुको शरिरमा साइनाइड बाहेक अन्य कुनै शंकास्पद पदार्थ देखिएको छैन ।

फरेन्सिक अन्वेषकहरूले यसअघि पीडितहरूले प्रयोग गरेको चिया कपमा साइनाइडको निशान फेला पारेका थिए । मृतकमध्ये एक जनाले विषादी सेवन गरेको र ऋणको कारणले गर्दा आफुसहित सम्पूर्ण टोलीको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

मृतकलाई मंगलबार अबेर राति थाइल्यान्डको राजधानीको ग्रान्ड हयात इरावान होटलमा कामदारहरूले फेला पारेका थिए । उनीहमध्ये दुई जनाको नाममा लाखौं अमेरिकी डलरको ऋण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।