
एजेन्सी । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
चीनको सिचुआन प्रान्तको जिगोङ शहरस्थित एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
बुधबार साँझ भएको आगलागीमा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगो नियन्त्रण गर्न रातभर लागेको जनाइएको छ । आगलागी हुनुको कारण भने खुल्न नसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्