२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौं’


442
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आफूहरु सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गर्नुभयो । उहाँले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभयो । उहाँले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले मुख्य दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेस र नेकपा एमाले मिलेको पनि बताउनुभयो ।