
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले अहिलेको आफ्नो चुनौति निराशा चिर्ने र आशा जगाउने रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबैकुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताउनुभयो । उहाँले अहिलेका चुनौतिका समस्याहरुको सामना गर्न आफू लागिपरेको पनि बताउनुभयो ।
अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले यि दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले वर्किङ क्यापिटल गाइडलाइनले इण्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई असर गरिरहेको बताउनु भयो । उहाँले भारतमा लागू भएर असफल भएको नीति नेपालमा लागू गर्दा सफल नभइने बताउनुभयो ।
अध्यक्ष अग्रवालले राष्ट्र बैंकको बेस रेटलाई खारेज गरेर एमसिएलआर वा इभीएलआरमा जानुपर्ने बताउनुभयो । स्वतन्त्र मोनिट्री पोलिसी कमिटी बनाउन माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्