२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेप्से ६० अंकले उकालो लाग्यो


715
Shares

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजारमा उत्साह जारी रह्यो ।

बजार परिसूचकले यसदिन पनि हाफ सेञ्चुरी मार्दा कारोबार थप उचालिएर साढें १५ अर्ब नाघ्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ६० अंक बराबरले उकालो लागेर २४ सय २४ पुग्यो । वित्त र जलद्यिुतबाहेक बाँकी समूह उकालो लागे । वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च ६ प्रतिशतको वृद्धि आयो ।

लघुवित्त समूहमा पनि करिब ३ प्रतिशतको वृद्धि आयो । अन्य समूह २ प्रतिशत बढीले उकालो लाग्दा बाँकी समूह पनि १ प्रतिशत हाराहारीमा सुधारिए । बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय १२ कम्पनीको ४ करोड बराबर कित्ता शेयर १५ अर्ब ५५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बिहीबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त, थ्रीस्टार जलविद्युतका शेयर धनीले १० प्रतिशत कमाए । कुमारी बैंक, प्रभु बैंक र रिभर फल्सका शेयर पनि सकारात्मक सर्किट लेबलमा कारोबार भए ।