२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाली सेनाको कार्य सम्पादन समीक्षा सार्वजनिक


11.856k
Shares

काठमाडौं । नेपाली सेनाले गत आर्थिक वर्षमा भए गरेका कामहरु सम्वन्धि प्रतिवेदन सार्वजनिक गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा मनसुन केन्द्रित खोज तथा उद्धारमा नेपाली सेनाले निर्वाह गरेको भुमिकाको जानकारी दिइएको छ ।

प्राकृतिक बिपत्तीमा उद्धार, राहत तथा पुनस्थापनामा नेपाली सेनाका १४ हजार १ सय २६ जनशक्ति परिचालन गरेको जनाइएको छ । काठमाडौं, इटहरी र सुर्खेतमा गरी ३ वटा हेलिकप्टर २४सैं घण्टा तयारी अवस्थामा राखेको पनि प्रतिवेदनमा उल्लेख छ । नेपाली सेनाका वरिष्ठ अधिकृतहरुले आ आफ्नो कार्यक्षेत्र अन्तर्गतका विवरण पेश गरे अनुरुप राष्ट्रिय गौरबका आयोजना अन्तर्गत कर्णाली करिडोर, खाँदबारी किमाथांकादेखि, सुरुङमार्ग कार्यको प्रगति विवरण पेश गरिएको छ ।

सडक आयोजना अन्तर्गत १० वटा आयोजनाको बिवरण पेश गरेको नेपाली सेनाले गत आर्थिक बर्षमा ३८ वटा बेलीब्रिज जडान गरेको जनाएको छ । द्रूतमार्ग अन्तर्गन तीन वटा सुरुङको ब्रेक थ्ु्र गरिसकेको र एउटा सुरुङ ब्रेक थु्र हुने अवस्थामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । हिमाल आरोहणका क्रममा थुप्रिएका फोहोर ब्यबस्थादेखि हिमालमा ज्यान गुमाएकाहरुको शव ब्यबस्थापना तथा शान्ति मिसनका नेपाली सहभागितको भूमिकाको पनि बयान गरिएको छ ।