१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


डेंगु संक्रमणको आशंका भए ‘११८०’ मा फोन गर्न काठमाडौं महानगरको आग्रह


65
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ जना स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाएको छ ।

महानगरपालिकाले डेंगु लागेको शंका लागेमा तत्काल महानगरपालिकालाई खबर गर्न पनि आग्रह गरेको छ ।

यसका लागि महानगरपालिकाले ११८० मा सम्पर्क गरी परामर्श लिन सर्वसाधारणलाई आग्रह गरेको छ । बर्षायाम शुरु भएसंगै डेंगु सङ्क्रमण बढ्न सक्ने भएकाले संक्रमणको आशंका लागेमा तत्काल सम्पर्क गरी परामर्श लिन भनिएको छ ।