२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै


338
Shares

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको सम्मेलनको अन्तिम दिन आज ट्रम्पलाई आधिकारिक रुपमा उम्मेदवार घोषणा गर्न लागिएको हो ।

यो सम्मेलनलाई ट्रम्पले पनि सम्वोधन गर्दै हुनुहुन्छ । पेन्सीलभेनियामा चुनावी सभाकै क्रममा भएको गोलीकाण्ड पछि ट्रम्प आज पहिलो पटक भाषण गर्न लाग्नु भएको हो ।

उता डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति जो बाइडेनमाथि उम्मेदवारी छोड्न दबाब बढ्दै गएको छ । उनकै पार्टीका नेता कार्यकर्तादेखि ठूला चन्दादाताहरुले समेत बाइडेनलाई चुनावी दौडबाट पछि हट्न दबाब दिइरहेका छन् ।