
काठमाडौं । तनहुँमा चितुवाको आक्रमणमा परेर एक बालकको मृत्यु भएको छ ।
तनहुँको बन्दीपुर–४ सालथानमा बस्ने जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहीबार साँझ गाईको गोठबाट घर फर्किदै गर्दा चितुवाले बालकलाई आक्रमण गरेको थियो । उपचारको क्रममा उनको बन्दिपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्