२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद अर्याल


117
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद अर्यालले यस्तो बताउनुभएको हो ।

सांसद अर्यालले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पुथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ रु भन्दै प्रश्न गर्नुभय ।

सांसद अर्यालले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको बताउनुभयो । उहाँले राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो ।

सांसद अर्यालले महत्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताउनुभयो । नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको बताउनुभयो ।