
काठमाडौं । उपप्रधानमन्त्री एवं तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन हस्तक्षेप नगरेको बताउनुभएको छ ।
शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीहरुसँगको भेटमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको विषय भएकाले अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो। उहाँले राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने तयारी गरेकाले शुक्रवार रोकिएको जानकारी आएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले छिटै मौद्रिक राम्रो मौदिक नीति ल्याउने विश्वास रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंक स्वायत्तता संस्था भएकाले क्षेत्राधिकार प्रयोग गर्ने विषयमा हस्तक्षेप हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा समस्या लामो समयदेखि झाँगिदै जाँदा अहिले बाहिर आएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सहकारी समस्या आयो भन्दैमा सहकारी चाहिँदैन भन्ने ठाउँमा पुग्न नहुने बताउनुभयो । उहाँले सहकारी आवश्यक भएकाले कमजोर हुन दिनेगरी समस्याको गहिराईमा गएर सरकारले सहकारीका समस्या समाधान गर्ने बताउनुभयो । उहाँले वचत तथा ऋण सहकारी संस्थाका वचत कर्ताको बचत संरक्षण गरी समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
अर्थतन्त्रमा देखिएका समस्याको एक–एक गरेर समस्या समाधान गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रीको भनाई छ । उहाँले सहकारी,भुक्तानी लगायत समग्र अर्थतन्त्रका समस्या समाधान गर्दै जाने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सरकारले समस्या सिर्जना भन्दा पनि किस्ता–किस्तामा समस्या समाधान गरी सापेक्षित रुपमा राजनीति स्थिरता कायम गर्ने र आर्थिक एजेण्डामा केन्द्रित भएर जाने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्