
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति बनाउने घोषाा गर्नुभएको छ ।
नेपाल मगर विद्यार्थी संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री पाण्डेले सो नीति बनाउने कुरामा अब ढिलाई गर्न नहुने पनि बताउनुभयो । नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्नका लागि पनि आफूले सो नीति बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने उहाँको भनाई थियो ।
मन्त्री पाण्डेले आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पार्नुभयो ।
त्यस अवसरमा मन्त्री पाण्डेले विविधतायुक्त भाषा, कला, संस्कृति, गीत, संगीतनै नेपालको सम्पती भएको उल्लेख गदैै त्यसको जर्गेना गर्ने कुरामा पनि सरकार कटिवद्ध भएर लाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्