
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा करिडोर विस्तार गर्ने क्रममा विवाद उत्पन्न भएको छ ।
यसै क्रममा टोखा नगरपालिका वडा नम्बर ८ का विभिन्न स्थानहरूमा डोजर चलेको छ ।
डोजर चलाउने क्रममा मेरीगोल्ड पार्टी प्यालेससँगै जोडिएको अस्थायी टहरो र सार्वजनिक जग्गा मिचेर बनाइएका पर्खाल भत्काउने क्रममा वडा नम्बर ८ र ११ का वडाध्यक्ष ,जनप्रतिनिधिहरू, अस्थायी टहरा र सार्वजनिक जग्गा भोगचलन गरेर बसिरहेका केही स्थानीय बासिन्दाबीच भनाभनको अवस्था सिर्जना भएसँगै स्थानीय बासिन्दाले डोजरमा ढुंगा प्रहार गरेपछि प्रहरीले ती ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
करिडोर निर्माण कार्य निरन्तर अगाडि बढ्ने र जस्तोसुकै परिस्थिति आएपनि उक्त करिडोरको सडक खोल्ने कार्यलाई निरन्तर रुपमा अगाडि बढाउने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्