
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ ।
नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।
रमेश लेखक गृहमन्त्री भएपछि मुख्य सचेतकको पद खाली थियो ।
प्रतिक्रिया दिनुहोस्