
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज मध्यान्ह १२ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।
बैठकले विपद्जन्य घटनाका कारण समस्यामा रहेका नागरिकप्रति जवाफदेही बन्न सरकारलाई ध्यानकर्षण गराउनेबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्