१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


जेपी हाई स्कूलका संस्थापकको सालिक स्थापना


3.822k
Shares

काठमाडौं । राणाकालीन अवस्थामा स्थापना भएको काठमाडौंको छत्रपाटीस्थित युद्धोदय पब्लिक हाई स्कूलका संस्थापक हेडमास्टर स्वर्गीय तीर्थराज सिं सुवालको प्रतिमा स्थापना गरिएको छ । प्रतिमालाई आउँदो भदौ महिनामा अनावरण गर्ने तयारी रहेको बताइएको छ ।

तत्कालीन समयमा आम जनताको शिक्षा सम्बन्धि सचेतना जागृत गर्न योगदान गर्नु भएका शिक्षासेवी सुवालको प्रतिमा गुरु पूर्णिमाको सन्दर्भमा स्थापना गरिएको होृ ।

वि.सं. १९९५ सालमा तत्कालीन शासक श्री ३ महाराज युद्ध शम्सेर राणाको समयमा स्थापना गरिएको जुद्धोदय पब्लिक हाई स्कूल नेपालकै दोस्रो पुरानो सामुदायिक विद्यालय हो ।

तत्कालीन समयमा दरबारियाहरुले मात्र औपचारिक शिक्षा लिन पाउने व्यवस्थाकाबीच आम जनताले पढ्न पाउने अधिकार स्थापित गराउन युद्धोदय अर्थात् जेपी हाई स्कूल स्थापना गरिएको हो ।