२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह


507
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताउनुभयो । उहाँले संघीयताको मर्म र भावना अनुसार कानूनहरु बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताउनुभयो । उहाँले जनताको चाहना पूरा गर्नका लाग काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले युवाहरु रोजगारीको खोजीमा विदेशिनु पर्ने बाध्यतको अन्त्य, अर्थतन्त्र चलायमान बनाउन, विकास निर्माणका गतिविधि अघि बढाउनका लागि सरकारले काम गर्ने बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘अहिले काँग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ, यो सरकार खास गरेर अहिले हामीले जुन जनताको चाहना अनुसार जुन अपेक्षलाई पूरा गर्नका लागि हो । यो भन्दा अघि त अरु सरकार पनि बनेका थिए, तर संसदीय अभ्यासमा अहिलेको अवस्थामा दुई ठूला राजनीतिक दल मिलेर र अरु साना दलहरुलाई पनि साथमा लिएर परिस्थितिलाई अझ सुधार गर्न र जनतालाई राहत दिन वर्तमान सरकार बनेको छ । अहिले युवाहरु बेरोजगारको कारणले गर्दा रोजगारीको खोजीमा विदेशिनु पर्ने यी सबै कुराहरुलाई मध्यनजर गरी नेपालको अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि र नेपालको म्यानुफ्याक्चरिङ सेक्टरहरु जुन अहिले पूर्ण रुपमा अघि बढ्न नसकेको कुरालाई ध्यान दिएर हामीले काम गर्नुछ ।’

उपप्रधानमन्त्री सिंहले तीन तहकै सरकार अधिकार सम्पन्न भएर काम गरेको भए अहिलेको अवस्था नआउने दाबी गर्नुभयो ।