
पर्वत । पर्वतको कुश्मा नगरपालिका– १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक बालक नदिले बगाएर बेपत्ता भएका छन् ।
बागलुङको निसिखोला गाउँपालिका– १ लेवाङ सात्ले घर भइ आफन्तलाई भेट्न पर्वतको सहस्रधारामा आएका जीत बहादुर पुनका छोरा १४ वर्षीय सन्तु पुन वेपत्ता भएका हुन् ।
सोमवार दिउँसो १.३० बजे तीन जना साथी मिलेर पौडिन गएकोमा सन्तुलाई कालीगण्डकीले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीसँगै पौडिन गएका १३ वर्षीय अर्जुन पुन र १४ वर्षीय वेद घर्ति मगर भने सकुशल फर्किएका छन् ।
अर्जुन र वेदले सन्तुलाई कालीगण्डकीले बगाएको खबर गरेलगत्तै पुगेको प्रहरीको टोलीले खोजी कार्य तीब्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो ।
तीनै जना युवा एक साताअघि अर्जुन पुनका आफन्तलाई भेट्न सहस्रधारामा आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्