१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश सरकारमा एमालेबाट जाने ६ मन्त्रीहरु


1.781k
Shares

काठमाडौं । नेकपा एमालेबाट बागमती प्रदेश सरकारमा जान ६ जना मन्त्रीहरुको नाम टुंगिएको छ ।

बागमती सरकारमा एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई पठाउन लागेको हो ।

नाम टुंगो लागेका एकजना प्रकाश श्रेष्ठबाहेक सबै जना नयाँ अनुहार हुन् । प्रकाश श्रेष्ठ यसभन्दा पहिले उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री भइसकेका हुन् ।

बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि कांँग्रेस–एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । काँग्रेसबाट भने काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्दैछन् ।

शालिकराम जम्मकट्टेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि अहिले बागमतीमा नयाँ सरकार गठन हुन लागेको हो । आज नियुक्त हुने मुख्यमन्त्री तथा मन्त्रीहरूले शपथ भने बुधबार लिनेछन् ।