
काठमाडौं । ऊर्जा, जल स्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार निर्माण व्यवसायी महासंघसँगको छलफलमा ऊर्जामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।
ऊर्जामन्त्री खड्काले निर्माण व्यवसायीहरुको भुक्तानीको समस्यालाई सरकारले चाँडै सम्बोधन गर्नेगरी काम गरिरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी पाउँदै जाने उल्लेख गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले सार्वजनिक खरिद ऐनमा पनि समस्या रहेकाले निर्माण व्यवसायीहरुले पनि विलोमा ठेक्का हाल्ने र त्यसैले पाउने भएकाले समयमा र गुणस्तरीय काम हुन नकसको बताउनुभयो । उहाँले पछिल्लो ठूला निर्माण कम्पनीले ठेक्का लिने अनि पेटी ठेकेदारबाट १० प्रतिशत कमिसन राख्दै काम दिने प्रवृत्ति रहेको बताउनुभयो ।
ऊर्जामन्त्री खड्काले सरकार र निर्माण व्यवसायीहरु मिलेर नै यस्तो प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले जसले ठेक्का लिएको उसैलाई जिम्मेवार बनाउनु पर्ने बताउनुभयो । उहाँले निर्माण क्षेत्रमा भएका समस्याको निर्माण व्यवसायी र सरकार मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।
ऊर्जामन्त्री खड्काले निजी क्षेत्र बिना मुलुकको विकास सम्भव नभएको बताउनुभयो । उहाँले स्थिर सरकार बनेकाले सबैले बधाई भन्नेगरी काम गर्ने इच्छा रहेको बताउनुभयो ।
निर्माण व्यवसायीहरुले ऊर्जा मन्त्रीलाई निर्माण व्यवसायीहरुको रकम भुक्तानीको लागि रकमान्तर नहुने गरी सहजिकरण गर्न माग गरेका छन् । व्यवसायीहरुले निर्माण क्षेत्रको भुक्तानीको लागि जिम्मेवार मन्त्रालयका सचिवलाई नै जिम्मेवारी दिन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्