२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


लुम्बिनीका मुख्यमन्त्री आचार्यबाट शपथ ग्रहण


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिनुभएको छ ।

सोमबार नियुक्त हुनु भएका मुख्यमन्त्री आचार्यले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । ​

मुख्यमन्त्री आचार्यको शपथग्रहण कार्यक्रममा एमाले संसदीय दलका नेता लिला गिरी उपस्थित हुनुभएन । पार्टीले संसदीय दलका उपनेता आचार्यलाई मुख्यन्त्री बनाएकाले गिरी रुष्ट हुनुभएको हो ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्नेमा आचार्यले ५६ सांसदको समर्थन पाएका हुन् । लुम्बिनी प्रदेशमा एमालेका २९ र काँग्रेसका २७ सांसद छन् । त्यस्तै लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले पनि सरकारलाई समर्थन गर्ने जनाएका छन् ।