२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा करेक्सन, कारोबार १६ अर्बमाथि


0
Shares

काठमाडौं । पछिल्ला ६ कारोबार दिन लगातार बढेको शेयर बजारमा बुधबार करेक्सन आएको छ ।

अल्पकालिन लगानीकर्ताहरुले नाफा बुक गर्दा २७ दशमलव ३२ अंकको करेक्सन आउँदा नेप्से २५ सय ३६ को विन्दुमा झरेको छ ।

बजार घटेपनि यस दिन कारोबार रकम भने बढेको छ ।बुधबार ३११ वटा कम्पनीको चार करोड सात लाख ४७ हजार कित्ता शेयर १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

नेप्सेमा रहेका १३ उपसमूह मध्ये वित्त उपसमूह १ दशमलव १६ प्रतिशत र होटल तथा पर्यटन उपसमूह शून्य दशमलव १३ प्रतिशत बढेको छ । अन्य ११ वटा उपसमूहको परिसूचक भने घटेका छन् । व्यापार उपसमूह परिसूचक सर्वाधिक ३ दशमलव ०९ प्रतिशतले घटेको छ ।

बुधबार दिन बोटलर्स नेपाल (तराई) लिमिटेड, एशियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिरख्वाखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव ७९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा भने हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ३६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।