
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।
समूह चरणका तीन खेलमा एक जित र दुई हार व्यहोरेको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किन लागेको हो ।
टोली श्रीलंकन एअरलाइन्समार्फत दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघले जनाएको छ ।
एसिया कपमा समूह ‘ए’बाट भारत र पाकिस्तान र समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सेमिफाइल प्रवेश गरेका छन् । नेपालसहित यूएई, थाइल्याण्ड र मलेसिया समूह चरणबाट घर फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्