१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने


390
Shares

काठमाडौँ । निकै प्रतिक्षा गरिएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति भोलि सार्वजनिक हुने भएको छ ।

परिस्थिति सामान्य रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिनुभयो । मौद्रिक नीतिका लागि आवश्यक तयारी सम्पन्न भएको बताउँदै आचार्यले राष्ट्र बैङ्क सञ्चालक समितिको शुक्रबार बस्ने बैठकले तय गर्ने जानकारी दिनुभयो ।

मौद्रिक नीति गत साता सार्वजनिक गरिने भनिएपनि सार्वजनिक भएको थिएन । अर्थतन्त्र ओरालो लागेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउँछ भन्ने विषयमा सबैको चासो बढेको छ । मौद्रिक नीतिले प्रत्यक्ष रूपमा समाजका विभिन्न पक्षहरु उपभोक्ता, उद्यमी वा उत्पादक, कर्मचारीलगायतलाई प्रभाव पार्दछ ।