२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा ३२ अंकको वृद्धि


429
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार ३२ अंकले बढेको छ ।

बजार बढेसंगै नेप्से २५६८ विन्दुमा पुगेको छ । नेप्से बढे पछि कारोबार रकम भने ह्वात्तै घटेको छ । यस दिन ३२० स्टकको ३ करोड ५५ लाख ९४ हजार कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुधबारको तुलनामा कारोबार रकम दुई अर्ब बढीले घटेको हो । नेप्सेमा सूचिकृत १३ वटा उपसमूह मध्ये आज ९ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूह सर्वाधिक ६ दशमव ८३ प्रतिशत बढ्दा निर्जीवन बीमा उपसमूह करिब ३ प्रतिशत बढेको छ ।

यस्तै बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । बिहीबार उपकार लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, एशियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

अधिकांश लघुवित्तहरुको शेयर मूल्य उच्च अंकले बढेको बजारमा मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव ६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक ३४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।